logo of PMS News Nepal

PMS News Nepal

२ चैत्र २०८१, आईतवार

16 Mar 2025, Sunday

मनाेरञ्जन

कपिलवस्तुमा द ब्युटी फर्वाड बुद्धभुमि २०८१ मोडलिङ ब्युटिप्याजेन्ट हुने

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ४ असार २०८१, सोमबार

 WAC डान्स स्टुडियोकाे अायाेजनामा कपिलवस्तुमा माेडलिङ रियालिटि सो हुने भएको छ । लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यहि असार ८ गते देखि जिल्लाका विभिन्न स्थानहरुमा अडिसन हुने WAC डान्स स्टुडियोका संचालक आर्जित थापा मगरले बताउनुभयो ।

 पाश्चात्य संस्कृतिका रूपमा भित्रिएको भनिएको मोडलिङ र यससँग सम्बन्धित गतिविधि हाल देश भर फस्टाउँदै गएको छ। मोडलिङ क्षेत्रप्रति सहभागी हुने उत्साही युवा तथा युवतीको संख्याको कमी कपिलवस्तुमा पनि छैन। तर अवसरका सम्भावनाहरू कम भए तापनि मोडलिङलाई क्यारियर बनाउन WAC ग्रुप कस्सिएर लागेका छन्।

कपिलवस्तुमा आयोजना हुने प्रतियोगिताबाट मोडलिङका लागि युवा युवती तयार गरि विभिन्न चलचित्रहरू, म्युजिक भिडियो लगायत विभिन्न भाषा भाषीका चलचित्र, विभिन्न विज्ञापनहरूमा अभिनय गर्न सक्ने मोडलहरु तयार गर्ने मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । उक्त कार्यक्रममा सह आयोजकको भुमिकामा गोराक मगर महिला समुह रहेको छ भने उक्त कार्यक्रम सम्पन्न गर्न विभिन्न व्यवसायी तथा संघ सस्थाहरुले आर्थिक सहयोग गर्ने आयोजकले बताएको छ । 

यस सो बाट विजेता हुने व्यक्तिले नगद पुरस्कार सहित विभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने अवसर तथा मोडलिङ कन्ट्र्याकहरु उपलब्ध हुने आयोजकले बताएको छ । यस सो मा भाग लिन ८ वर्ष देखि २५ वर्ष सम्मकाले मात्र भाग लिन पाउनेछन् भने भाग लिनको लागि जिल्लाको इमिलिया, गोरुसिङे, र चन्द्रौटाबाट फम बिक्रि सुरु भएको कार्यक्रम उप सम्योजक मन्जु बस्नेत र महेन्द्र श्रीष मगरले बताउनुभयो । इच्छुक व्यक्तिले सम्पर्क गर्न ९८६००११६८८, ९८२५४३९०७४ र ९८०६९९६०१० मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।