logo of PMS News Nepal

PMS News Nepal

२२ भाद्र २०८१, शनिबार

07 Sep 2024, Saturday

राजनिति

एमाले कपिलवस्तुको उपसचिवमा आचार्यको बलियो उमेद्वारी

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | २७ बैशाख २०८१, बिहीबार

कार्यक्रतामाँझ निकै लोकप्रिय रहेका गोविन्द आचार्य (विकास)कपिलवस्तु एमालेको  उपसचिव बन्न दावी पेस गरेका छन् । बिद्यार्थीकालबाटै राजनिति शुरु गरेका आचार्य यस पटक एमाले कपिलवस्तुको उपसचिव बन्न अगाडी बढेका हुन् ।
लामो समय बिद्यार्थी, युवा र पार्टीको विभिन्न विभागको नेतृत्व सम्हाल्दै बुद्धभुमि नगरपालिका वडा नम्बर ३ मा दोस्रो पटक वडा अध्यक्ष सम्म भएर काम गरिरहेका आचार्य यस पटक उपसचिवका बलियो दावेदारको रुपमा उभिएका हुन् ।

बैशाख २६ गतेबाट सुरुभएको १० औ जिल्ला अधिबेशनमा उपसचिवमा गोबिन्द प्रसाद आचार्य ( बिकास ) सहित ६ जनाको उम्मेद्बारी रहेको छ । 
जिल्लामा युवा, विद्यार्थी र पार्टी पंक्तिमा सबै माझ लोकप्रिय आचार्य  सबैभन्दा कान्छो उम्मेद्बार समेत हुन् ।

 आचार्यको राजनितिक यात्रा -

 कक्षा ७ पढ्दा अनेरास्ववियु प्रारम्भिक कमिटी बाट राजनीति सुरु ।
अनेरास्ववियुको जिल्ला सदस्य, जिल्ला  सचिव हुँदै २०७२ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्षको जिम्मेवारी ।

२०७४ र २०७९ को स्थानीय चुनावमा बुद्धभुमी ३  बाट लोकप्रिय मत ल्याएर वडा अध्यक्ष भएका । 
२०७४ मा नेकपा एमाले जिल्ला सदस्य हुँदै २०७८ पुसमा भएको ९ औं जिल्ला अधिबेशनमा प्रदेश सांसद अर्जुन केसी सङ जिल्ला उपसचिवमा झिनो मतान्तरले दोस्रो भएका ।

थप समाचार

Featured Image of the news article वडामा फोटोकपी र निवेदन नि:शूल्क

२९ भाद्र २०८०, शुक्रबार

वडामा फोटोकपी र निवेदन नि:शूल्क

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।