logo of PMS News Nepal

PMS News Nepal

२२ कार्तिक २०८१, बिहीबार

07 Nov 2024, Thursday

शिक्षा

निसीखोला- २ मा शिक्षकहरुको क्षमता बढाउन ३ दिने तालिम कार्यशाला

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

बाग्लुङ | १३ बैशाख २०८१, बिहीबार

 जिल्लाको निसीखोला गाउँपालिका वडा नं. २ मा अध्यापन गराउने शिक्षकको क्षमता अभिवृद्धि गर्न शिक्षक तालिम कार्यशाला हिजोदेखि संचालन भएको छ । निसीखोला गाउँपालिका र कर्मा फलाईट फाउन्डेशन नेपालको आयोजनामा ३ दिने शिक्षक तालिमको हिजो एक कार्यक्रमका बिच उद्घाटन भएको हो । 

निसीखोला-२ का वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि घर्तिले समाज परिवर्तनको लागि जनप्रतिनिधी र शिक्षकको उत्तिकै भुमिका रहेको बताउनु भएको छ । प्रतिनिधी र शिक्षकले चाहे समाजमा सकारात्मक प्रभाव पार्न सक्ने र परिवर्तन सम्भव हुने बताउनु भयो ।

त्यस्तै उद्घाटन कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष एवं कार्यक्रम अध्यक्ष विश्वकर्माले शिक्षाको गुणस्तर बढाउन गत वर्षदेखि तालिम संचालन गरेको बताउनु भयो । शैक्षिक सत्रको सुरुवातमा तालिम संचालन गरेकोले कक्षाकोठामा शिक्षकलाई पढाउने शैलीमा परिवर्तन ल्याउन सहयोग हुने उहाँको विश्वास छ । विगतमा आफु पनि पहिले शिक्षक भएकोले शिक्षकका समस्या बुझेको बताउदैं विद्यालयको भौतिक विकाससँगै शैक्षिक विकासमा जोड दिएको वडा अध्यक्ष विश्वकर्माले बताउनु भयो । 

३ दिनसम्म आयोजना हुने तालिममा निसीखोला-२ मा पढाइरहेका शिक्षकलाई शिक्षण विधि, शिक्षक व्यवहार, बालमैत्री व्यवहार सम्बन्धी कार्यशालासहितको तालिम सञ्चालन गर्ने आयोजकले जनाएको छ । तालिम बिहान १० बजेदेखि ४ बजेसम्म रत्न राज्य लक्ष्मी माविको हलमा सञ्चालन भएको छ ।

लामो समय अध्ययन तथा अनुसन्धान क्षेत्रमा क्रियाशील प्रशिक्षकहरुको कार्यशालाले शिक्षकहरुलाई नयाँ शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोगी रहने अपेक्षा गरेको छ ।

तालिम कार्यशाला केपिजेड युनिभरसिटी, थिओल फाउन्डेशन र रेडिएन्ट स्कुल ग्रुप, एनएलको सपोर्ट रहेको छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।