logo of PMS News Nepal

PMS News Nepal

३१ असार २०८२, मंगलवार

15 Jul 2025, Tuesday

स्वास्थ्य

पुलचोक कृषि सहकारी इमिलियाले गर्यो रक्तदान कार्यक्रम

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ३० फाल्गुन २०८०, बुधबार

पुलचोक कृषि सहकारी संस्था लिमिटेड इमिलियाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको कार्यालय बुद्धभुमि ९, पुलचोकमा मङलबार स्वास्थ्य सुरक्षा मापदण्डहरू पालना गर्दै रक्तदान कार्यक्रम गरिएको हो। संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी शाखा बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्थाका शेयर सदस्य तथा गैर सदस्य गरी जम्मा २०० जनाको उपस्थितिमा ११९ जनाले रक्तदान गरेका थिए।  स्वास्थ्य समस्याका कारण शेयर सदस्य तथा आम नगरिकलाई रगतको अभाव भईरहेका वेला पुलचोक सहकारीले मानव सेवाको लागि कार्यक्रमको आयोजना गरेकोमा नेपाल रेडक्रस सोसाइटी शाखा बुटवलका प्राविधिक निरन्जन राज भण्डारीले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य नवराज लामिछानेले  रक्तदान कार्यक्रम अन्य संघ संस्थाहरूले पनि आयोजना गरिदिएमा सङ्कटका बेला रगत अभाव नहुने बताउनुभयो । कार्यक्रममा स्वतःस्फूर्त सहभागी भई रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको संस्थाका अध्यक्ष कमल प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।