logo of PMS News Nepal

PMS News Nepal

२५ मंसिर २०८१, मंगलवार

10 Dec 2024, Tuesday

स्वास्थ्य

शितगंगाका दोर्ण दुई महिना देखी ओछ्यानमै थला, आफु सक्दो सहयोग गर्न परिवारको याचना !

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | ११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर १२ खुम्चिकोट निवासी दोर्ण बेल्बासे ओछ्यानमा थलिएको दुई महिना पुग्न लाग्यो। गत माघ महिनामा घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते हुनुभएका बेल्बासे उपचार गर्ने पैसाको अभावमा ओछ्यानमै थलिन बाध्य हुनुभएको हो । रुख बाट खसेर घाइते भएका बेल्बासेलाई  काठमाडौंमा १०  दिन सम्म राखेर उपचार गर्दा रकम अभाव भएपछी अस्पतालले अन्य अस्पतालमा रिफर गरेको थियो । तर उपचारका लागि अन्यत्र लैजाने पैसा नभएपछि उहाँलाई घरमै ल्याएर राखिएको छ ।
शरिरको मेरुदण्ड भाचिएका बेल्बासेको कम्मर देखि मुनिको भाग चल्दैन । दिशा पिसाव आएको समेत थाहा नपाउने उहाँलाई दुई महिना बढि ओछ्यानमा राखिदा थप अर्को समस्या आई लागेको छ । 

ढाडको मेरुदण्ड भाचिए पछि श्रीमानले राम्रो संग खान समेत छाडेको श्रीमतीले बताउनुभयो ।  अहिले जाउलो र पानीको भरमा बाचीरहेको बताउनुभयो । 

बेल्बासेको कम्मर देखीतलको भागले काम गर्न छाडे पनि बोलचाल गर्न भने सक्नुहुन्छ ।
उपचारका लागि  ऋण सापट गरेर खर्च गरेको र अव एक रुपैया पनि नभएकाले उपचारमा आवश्यक सहयोग गरिदिन उहाँले सवैमा अनुरोध गर्नुभएको छ ।

।तपाई हाम्रो सानो सहयोगले उपचारमा ठुलो योगदान हुने भएकोले आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ।  द्रोण प्रसाद बेल्बासे  सम्पर्क नम्बर ९८४९१००१७२,  बैंक खाता नम्बर  ०४१६२०१७५२२२१,०१९  कृषि बिकास बैंक अमराइ शाखा ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।