logo of PMS News Nepal

PMS News Nepal

१ जेष्ठ २०८२, बुधबार

14 May 2025, Wednesday

अर्थ / वाणिज्य

शितगंगा ११ र १२ मा पर्ने गुडुरुङ खोलामा मोटरेवल पुलको शिलान्यास सम्पन्न

अर्घाखाँची

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | ८ पुष २०८०, आईतवार

अर्घाखाँचीकाे शितगंगा ११ र १२ मा पर्ने गुडुरुङ खोलामा मोटरेवल पुलको शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेशका  प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले  आज मोटरेवल पुल शिलान्यास गरेक हुन्।

प्रदेश सभा सदस्य घिमिरेले पुलको शिलान्यास गर्दै ठुलो मेहनतका साथ बजेट पार्न सफल भएको अब बन्ने पुल यस   क्षेत्रको समृद्धि र विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै निर्माणको गुणस्तरीयता कायम राखी निर्धारित समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्षको जागरुकता आवश्यक हुने बताए ।

  पूलको शिलान्यास समारोहमा माननीय रामजीप्रसाद घिमिरे, शितगङ्गा  नगरपालिकाका प्रमुख छिविलाल पौडेल,  उप प्रमुख गिता भाट, सडक पुर्वधार विकास कार्यालय प्रमुख  विनोद चौधरी,  शितगङा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिम बहादुर केसी, कार्यपालिका सदस्य बोम बहादुर विक,  वडा सदस्य बाबुराम बिसी, समाजसेवी बसन्त श्रेस्ठ, प्रेम नारायण गैरे, ओपी पाण्डे, श्रीकृष्ण भुसाल, सन्जय राना, नारायण प्रसाद आचार्य, प्रदिप बिसी , मान बहादुर सुनारी स्थानीय सामाजिक अगुवा नेता तथा समाजसेवी , पूल निर्माणको जिम्मा लिएको लुम्बिनी कन्ट्रक्सन प्रालिका सन्चालक भरतमणी पौडेल, लगायतको उपस्थिति रहेको थियो ।

नगरप्रमुख छविलाल पौडेलले  शितगङाको विकास स्थानिय सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताए ।

 

सोहि कार्यक्रममा बोल्दै उप प्रमुख गिता भाटले अब बन्ने पुलले बसाईसराई समेत रोक्ने विश्वास व्यक्त गरिन् ।

शितगङा ९ का वडा अध्यक्ष भिम केसीले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडक तथा पुल स्थानीय बासिन्दाको आयआर्जनसँग जोडिनुपर्ने बताए ।

 

शितगङा ११ का वडाध्यक्ष नवराज भुसालले पुलको बजेट पार्न भुमिका खेल्ने सम्पुर्णलाई धन्यवाद दिदै पुल निर्माणसँगै यस क्षेत्रको समग्र विकाससँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

६ करोड १९ लाख लागतमा सम्पन्न हुने  ७० मिटर लामो पुल २०८२ असार मसान्त सम्म सम्पन्न गर्ने लक्ष रहेको सडक पुर्वधार विकास प्रमुख विनोद चौधरीले जानकारी दिए ।

थप समाचार

Featured Image of the news article सरकारको खर्च आम्दानीभन्दा बढी

३० फाल्गुन २०८१, शुक्रबार

सरकारको खर्च आम्दानीभन्दा बढी

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।