साना किसान सहकारी इमिलियाको १९ औं वार्षिक साधारण सभा सम्पन्न
कपिलवस्तु


भक्तिराम घिमिरे
कपिलवस्तु | ७ पुष २०८०, शनिबार
साना किसान कृषि सहकारी संस्था लिमिटेड, इमिलिया कपिलवस्तुको१९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमोद आचार्यले उदघाटन गरेका थिए। साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष चुरामणी पोख्रेलले पेश गरेको आर्थिक वर्ष ७९/८०को वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
सो अवसरमा लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक देविराम अर्यालले संस्थाको हाल कुल पुँजी ९४५,१५७,३११.५६ पुर्याउन सफल भएको बताए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रमोद आचार्यले बचत तथा ऋणको मात्रै कारोबार गर्ने सहकारीहरुको भिडमा साना किसान कृषि सहकारी संस्थाले सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरिरहेकोमा खुसी ब्यक्त गरे
सोहि कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य पदम खनालले आम शेयर सदस्यहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रशंसनीय रहेको भन्दै सहकारीले आम शेयर सदस्यको जीवनस्तर उकास्ने गरी उत्पादनमैत्री क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले सस्थालाई उत्पादनमुखी बनाउन लगानीका क्षेत्रहरु समेत बिस्तार गर्नु आजको आवश्यकता रहेको बताउदै सस्था त्यसमा सफल देखिएको भन्दै प्रशंसा समेत गरे।
सो अवसरमा बुद्धभुमि नगरपालिका बुद्धभुमि ९ का निवर्तमान वडा अध्यक्ष खुमानन्द न्यौपाने, सस्थाका प्रबन्धक बलराम भुसाल, समाजसेवी बिरेन्द्र मिस्रा, कृष्ण भट्टराई, शेयर सदस्यको तर्फ बाट डोल बिक्रम बेल्बासे लगायतले बोल्दै संस्थाले अन्य सहकारीको बीचमा आफुलाई नमुना र अब्बल बनाउन सफल भएकोमा खुशि व्यक्त गर्दै सस्थामा स्वास्थ्य उप समिति समेत गठन गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा ८० वर्ष पुगेका २५ जेष्ठ सदस्य हरुलाई आधुनिक लौरो वितरण गरिएको थियो ।
अधिकतम बचत गर्ने सदस्यहरु, उत्कृष्ट व्यवसायी, सहकारीमा आबद्ध भै अब्बल काम गर्ने विभिन्न समूह, कृषक लगायतलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिमा बुद्धभुमि ३ का वडा अध्यक्ष गोविन्द आचार्य, ८ का वडा अध्यक्ष कपिल देव तिवारी अतिथिमा शेर बहादुर जिशी, लोकनाथ पोखरेल, बेद बहादुर थापा, बसन्ता पोख्रेल, राजेन्द्र राज आचार्य, कृश्ण प्रसाद खनाल, यम बहादुर बस्नेत, रेश्मिराज अधिआरी, खेमराज भट्टराई, वडा सदस्यहरु लगायतको उपस्थित रहेको थियो ।
दुर्गा प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रकला भट्टराईले व्यक्त गरेकि थिइन् ।
सहकारीले यसबर्ष संस्थामा आवद्ध ऋण लिएका सदस्यलाई संरक्षित पुजी कोषबाट ५.५ प्रतिशत रकम फिर्ता गरी उदाहरणीय कार्य गरेको छ । संस्थामा हाल ४ हजार ७ सय ८९ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।
कार्यक्रममा २२ सय भन्दा धेरै सदस्यको उपस्थिति रहेको थियो ।

थप समाचार

२८ चैत्र २०८१, शुक्रबार
बुद्धभूमि नगरपालिकामा पाँचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
२८ चैत्र २०८१, शुक्रबार
नर्थ प्वाइन्ट एकेडेमीमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम स...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु ग्रिल स्टिल तथा आल्मुनियम व्यवसायी संघको प्रथम संय...
१२ चैत्र २०८१, बुधबार
नेपाल फर्मेसी संघ कपिलवस्तुको अध्यक्षमा सुनिल द्विवेदीको दाव...
१२ चैत्र २०८१, बुधबार
राजतन्त्र कि गणतन्त्र ? निजि धारणा
४ बैशाख २०८२, बिहीबार
चितवन मिल्कले १.१५ करोड लिटर दूधबाट पाउडर उत्पादन
४ बैशाख २०८२, बिहीबार
आज सुनको मूल्यमा ३,६०० रूपैयाँको वृद्धि
३ बैशाख २०८२, बुधबार
वीरगञ्ज भन्सार कार्यालयबाट नौ महिनामा १२४ अर्ब ७० करोड राजस्...
३ बैशाख २०८२, बुधबार
सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा
३० चैत्र २०८१, आईतवार
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ हजार रुपैयाँ वृद्धि
२८ चैत्र २०८१, शुक्रबार
कोशी पर्यटन वर्ष २०८२ सुरु, पर्यटन क्षेत्रमा नयाँ उत्साह