बुद्धभुमि १ ले गर्यो अन्तर विद्यालय वडा स्तरिय खेलकुद प्रतियोगिता
कपिलवस्तु


भक्तिराम घिमिरे
कपिलवस्तु | २२ मंसिर २०८०, शुक्रबार
बुद्धभुमि नगरपालिका वडा नंम्बर १ को कार्यालयले टिक्कर खेल मैदानमा सातौ अन्तर विद्यालय वडा स्तरिय खेलकुद प्रतियोगिता गरेको छ । वडा स्तरिय खेलकुद प्रतियोगितामा वडाका ८ स्कुलका विद्यार्थीहरु खेलमा सहभागी थिए ।
खेलकुद प्रतियोगितामा हाइजम्प, कुर्सि दौड, चम्चा दौड, लङ्जम्प लगायतका खेल सञ्चालन भएका थिए । खेलको आकर्षक कुर्सी दौड रहेको थियो ।
खेलकुद प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले खेलकुद विद्यार्थीका लागि महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले नगरपालिकाले गर्ने अन्य गतिविधिमा सहभागि हुन समेत आग्रह गर्नुभयो
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले नगरपालिका र वडाले खेलकुद क्षेत्रको लागि रकम छुट्टाउन कञ्जुस नगर्ने बताउनुभयो । आगामी दिनमा पनि खेलकुदका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
सिद्धार्थ स्मारक मावि भेलाईले व्य्वस्थापन गरेको उक्त कार्यक्रममा वडा सदस्यहरु, विभिन्न स्कुलका प्रधानाध्यापक, शिक्षक , समाजसेवी वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिद्धार्थ स्मारक माविका नि. प्र अ जिवलाल पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन शिक्षक गिरिप्रसाद खनालले गर्नुभएको थियो ।

थप समाचार

२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
१५ बैशाख २०८२, सोमबार
बुद्धभूमि-१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न
२८ चैत्र २०८१, शुक्रबार
बुद्धभूमि नगरपालिकामा पाँचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
२८ चैत्र २०८१, शुक्रबार
नर्थ प्वाइन्ट एकेडेमीमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम स...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना...
२२ असार २०८२, आईतवार
एएफसी महिला एसियन कप २०२६ को सपना टुट्यो, नेपाललाई पेनाल्टीम...
१९ असार २०८२, बिहीबार
एसीसी यू-१६ इस्ट जोन कप २०२५ को फाइनलमा नेपाल
१७ असार २०८२, मंगलवार
भुटानलाई २९८ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
२७ जेष्ठ २०८२, सोमबार
नेपाल दुई रनले स्कटल्यान्डसँग पराजित
२६ जेष्ठ २०८२, आईतवार
चीन विश्वकपबाट बाहिर, दक्षिण कोरिया लगातार ११औँ पटक विश्वकपम...
२२ जेष्ठ २०८२, बुधबार
आईपीएल २०२५: अन्ततः आरसीबीको उपाधि यात्रा सफल