बरकुलपुर स्वास्थ्य चौकीले मनायो २० औं स्वयंसेविका दिवस
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ को बरकुलपुर स्वास्थ्य चौकीले २० औ स्वयमसेविका दिवसको अवसरमा आफ्ना वडाका १३ स्वयसेविका हरुलाई सम्मान गर्दै दिवस मनाएको छ ।
भक्तिराम घिमिरे
कपिलवस्तु | २० मंसिर २०८०, बुधबार
स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मूल नारासहित कार्यक्रम गरी दिवस मनाइएको हो।
बुद्धभुमि ९ का वडा अध्यक्ष प्रमोद आचार्य , स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य रोमलाल खनाल, विभिन्न स्कुलका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, पत्रकार , समाजसेवी , स्वास्थ्यचौकीका कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै वडा सदस्य तथा कार्यपालिका सदस्य अनिता देवी यादवले पुरुषका सपना मनोरञ्जनात्मक हुने र महिलाका सपना पारिवारिक तथा सामाजिक हुने उदाहरण प्रस्तुत गर्दै महिला स्वयंसेविकाको स्वास्थ्यमा मात्र नभएर सबै क्षेत्रमा उत्तिकै भूमिका रहेको बताउनुभयो।
वडा अध्यक्ष प्रमोद आचार्यले देशमाआर्थिक तरलताको कारण भने जस्तो सम्मान गर्न नसकेको विचार राख्दै उहाँले समाजका बालबालिका र महिलालाई स्वास्थ्य सेवा दिएर पुर्याएको योगदानको स्थानिय तहले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो ।
बरकुलपुर स्वास्थ्यचौकी प्रमुख चन्द्रावती अधिकारीले विना पारिश्रमिक अहोरात्र खटिएर सेवा दिने सेविकाहरुलाई धन्यवाद दिदै हौसला समेत प्रदान गर्नुभएको थियो ।
थप समाचार
१२ मंसिर २०८१, बुधबार
चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रवार चर्चित गायक पुस्कल...१३ कार्तिक २०८१, मंगलवार
समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० कार्तिक २०८१, शनिबार
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी न...१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान३० फाल्गुन २०८०, बुधबार
पुलचोक कृषि सहकारी इमिलियाले गर्यो रक्तदान कार्यक्रम११ फाल्गुन २०८०, शुक्रबार
शितगंगाका दोर्ण दुई महिना देखी ओछ्यानमै थला, आफु सक्दो सहयोग...१ फाल्गुन २०८०, मंगलवार
सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना१७ माघ २०८०, बुधबार
इमिलिया खानेपानीको ५औं साधारण सभा सम्पन्न२५ भाद्र २०८०, सोमबार
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख प...१२ भाद्र २०८०, मंगलवार
कपिलवस्तु फोटोग्राफर संघ द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्...