बुद्धभुमि नगरपालिकाका कर्मचारीको आन्दोलनको कारण सेवाग्राहि मर्कामा
कपिलवस्तु


भक्तिराम घिमिरे
कपिलवस्तु | २५ आश्विन २०८०, बिहीबार
जिल्लाको बुद्धभुमि नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न माग राखी सुरु गरेको आन्दोलनले सेवाग्राहि मारमा परेका छन्। देशभरका स्थानियतहमा कार्यरत कर्मचारी हरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन्।
स्थानीय तह कर्मचारी संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन्।
गत शुक्रवार देखि पेनडाउन गरेर आन्दोलनमा उत्रिएका बुद्धभुमि नगरपालिकाका कर्मचारीको आन्दलनका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । घर नक्सा सम्बन्धी काम गर्न नगरपालिका आएका बुद्धभुमि २ गोरुसिङेका नारायण पौडेलले कर्मचारीको आन्दलनका कारण काम हुन नसकेको बताए । अन्य सेवाग्राही पनि कर्मचारीको पेनडउनको मारमा परेका छन् ।

थप समाचार

२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
१५ बैशाख २०८२, सोमबार
बुद्धभूमि-१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न
४ बैशाख २०८२, बिहीबार
प्रधानमन्त्री ओलीद्वारा संक्रमणकालीन न्यायमा गम्भीर अपराध नछ...
३० चैत्र २०८१, आईतवार
गौरादह सिटी अस्पतालको शिलान्यास प्रधानमन्त्री ओलीबाट
२८ चैत्र २०८१, शुक्रबार
बुद्धभूमि नगरपालिकामा पाँचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै
१२ माघ २०८१, शनिबार
कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै
५ पुष २०८१, शुक्रबार
प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित