logo of PMS News Nepal

PMS News Nepal

२१ आश्विन २०८१, सोमबार

07 Oct 2024, Monday

राजनिति

वडामा फोटोकपी र निवेदन नि:शूल्क

हेटौंडा

फाइल तस्बिर

भक्तिराम घिमिरे

हेटौंडा | २९ भाद्र २०८०, शुक्रबार

मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाँउपालिका वडा नम्बर ८ ले भदौ १ गतेबाट वडामा आउने सेवाग्राहीलाई नि:शूल्क सेवा प्रदान गर्न सुरु गरेको छ ।

भदौ १ गते बाट फोटोकपी निवेदन लगाएत्का सेवा नि:शूल्क गरिएको वडा अध्यक्ष केशव तिमल्सिनाले बताएका छन् । उनले वडाको सेवा लिदा निवेदन फोटोकपी लगाएतको पैसा तिर्न पर्दा आफ्नो वडाको नागरिक मारमा परेकोले आफुले फोटोकपी निवेदन लगाएत नि:शूल्क सेवाको व्यवस्था गरेको बताए ।

यसअघि पनि समस्या परेकाहरुलाई शुल्क लिने नगरेको तर भदौ १ गते आधिकारिक रुपमा घोसणा गरेर उक्त सेवाहरु नि:शुल्क उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष केशव तिमल्सिनाले बताए । वडाबाट सेवा लिदा नजिक पसल नभएको र टाडा जानुपर्ने, शुल्क तिर्नु पर्नेमा उक्त समस्याको समाधानका लागि यो परिवर्तन कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए ।

स्थानीय बासिन्दाहरूले यस कदमलाई स्वागत गरेका छन् र सेवाहरू थप पहुँचयोग्य र किफायती बनाउन वार्डको प्रयासको लागि कृतज्ञता व्यक्त गरेका छन्। यस पहलले स्थानीय अधिकारीहरूको आफ्नो निर्वाचन क्षेत्रको जीवन सुधार गर्न प्रतिबद्धता देखाउँछ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।