logo of PMS News Nepal

PMS News Nepal

१ जेष्ठ २०८२, बुधबार

14 May 2025, Wednesday

खेलकुद

कपिलवस्तुमा मार्सलआर्ट उसु प्रतियोगिता सम्पन्न

खेलमा श्री मावि इमिलियाले प्रथम स्थान हात पारेको छ ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | २५ भाद्र २०८०, सोमबार

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको आयोजनामा हिजो कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर २ बडहारामा जिल्ला स्तरीय मार्सलआर्ट उसु प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा  पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको कपिलवस्तु उस्सु क्वान ले जिल्ला स्तरीय उसु प्रतियोगितामा श्री मावि इमिलियाले प्रथम स्थान हात पारेको छ ।

भदौ २२ गते बडहरा कवड हलमा  भएको खेलमा सिद्धार्थ स्मारक मावि भेलाई द्वितीय र नेपाल राष्ट्रिय मावि रनगाईले तृतीय स्थान जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यलय प्रमुख मीन पोख्रेलले बताउनुभयो ।  

 

कार्यक्रममा कपिलवस्तु उसु संघका अध्यक्ष दत्तप्रसाद जोशीको अध्यक्षता र प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय , विशिष्ट अतिथि यम प्रताप थापा, पशुपति अर्याल, भक्तिराम घिमिरे, राजेन्द्र पिसी  विभिन्न विद्यालयका शिक्षक, प्रशिक्षक, खेलाडी , जर्जमा निरज चौधरी , लछ्मी परियार, स्वेता काउछा, निशान्त खनाल, आर्जित थापा मगर, निर्गेश श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश उपाध्यायले उत्कृष्ट खेल खेलेर गोल्ड मेडल जित्न सफल खेलाडीहरुलाई धन्यवाद दिदै खेलाडीको अझ हौसला र मनोबल बढाउन सरकारले प्रोत्साहन स्वरूप सहयोग गर्न सके आगामी दिनहरूमा उस्सु खेलबाट देशलाईनै अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनु भयो  

अध्यक्ष उपाध्यायले जिल्ला खेलकुद  समितिको तर्फबाट उसु खेलका खेलाडीहरुलाई सहयोग रहने प्रतिबद्धता समेत गर्नुभयो ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।